असोज ३० गते २०८३ || October 16, 2026

प्रहरीद्धारा बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी 


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०७:२०

प्रहरीद्धारा बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी 

 काठमाडौँ - प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी परिसरकाठमाडौँ ले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ 


  • सम्बन्धित विषय:

  • # प्रहरीद्धारा बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend