असोज ३० गते २०८३ || October 16, 2026

रोल्पामा आमा-छोरा झुण्डिएको अबस्थामा फेला !


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९१२:२२

रोल्पामा आमा-छोरा झुण्डिएको अबस्थामा फेला !

काठमाण्डौँ - रोल्पामा आमा छोरा मृत फेला परेका छन् । रोल्पा नगरपालिका वडा नं ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन् । रून्टीगढी गाउँपालिका वडा नं ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको प्रमुख घिमिरेले बताए ।


  • सम्बन्धित विषय:

  • # रोल्पामा आमा-छोरा झुण्डिएको अबस्थामा फेला !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend