असोज ३० गते २०८३ || October 16, 2026

गृहमन्त्री लामिछाने भने-'आचार्यको आत्मदाह देशमा कायम बेथितिको परिणाम हो'  


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०२:०६

गृहमन्त्री लामिछाने भने-'आचार्यको आत्मदाह देशमा कायम बेथितिको परिणाम हो'  

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । 

उनले नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु झन् दुखद भएको बताएका हुन् । उनले भने,मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु।

मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको आज निधन भएको छ । 


  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछाने भने-'आचार्यको आत्मदाह देशमा कायम बेथितिको परिणाम हो'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend