असोज ३० गते २०८३ || October 16, 2026

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०३:४०

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

मकवानपुर - बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय९गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय युवराज दुलाल शरद सामाजिक विकास मन्त्रालय(कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय(एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय९डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय(राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।

यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय(शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय(उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend