कात्तिक १ गते २०८३ || October 17, 2026

२२ दिन बन्द क्रसरहरु खुल्यो, उद्योग व्यवस्थित गर्न सरकारले गर्‍यो थप तीन निर्णय !


बिहीबार , माघ १२ २०७९०७:०८

२२ दिन बन्द क्रसरहरु खुल्यो, उद्योग व्यवस्थित गर्न सरकारले गर्‍यो थप तीन निर्णय !

काठमाण्डौँ - मन्त्रिपरिषद्  बैठकले बुधबार क्रसर उद्योगलाई थप नियमन गर्न तीनबुँदे निर्णय गरेको छ । बिनाअनुमति सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई बन्द राख्ने निर्णय गरेको सरकारले एक कदम अगाडि जाँदै थप नियम ल्याएको हो ।

सरकारले बिनाअनुमति सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिएको छ । त्यस्तै, आयोजना विशेषका लागि खुलेका र आयोजनाको अवधि सकिएपछि पनि सञ्चालनमा रहिरहेका क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, मापदण्ड नपुगेका क्रसर उद्योगहरुलाई मापदण्ड पूरा गर्न असार मसान्तसम्मको समय पनि दिने निर्णय गरिएको छ
सरकारले मंगलबार आफैँलाई आगो लगाएर ज्यान गुमाएका प्रेम आचार्यले लगाएका आरोपहरुको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिने निर्णयसमेत गरेको छ ।


  • सम्बन्धित विषय:

  • # २२ दिन बन्द क्रसरहरु खुल्यो, उद्योग व्यवस्थित गर्न सरकारले गर्‍यो थप तीन निर्णय !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend