असोज ३० गते २०८३ || October 16, 2026

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार हुने


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०७:११

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार हुने

 
 काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएकाले सो मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा लामिछानेको तर्फबाट तीन जनाले बहस गरेका थिए । 

वरिष्ठ अधिवक्ताहरू सुनील पोखरेल र सुशील पन्त र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए । 

 


  • सम्बन्धित विषय:

  • # गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend