असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : देशभर आंशिक बदली,पुर्विय भेगमा बर्षाको सम्भावना !


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०७:१६

आजको मौसम : देशभर आंशिक बदली,पुर्विय भेगमा बर्षाको सम्भावना !

 काठमाण्डौँ - हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार बिहीबार बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ ।

यस्तै दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ । यस्तै राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : देशभर आंशिक बदली,पुर्विय भेगमा बर्षाको सम्भावना !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend