असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति भण्डारीद्वारा सरस्वती पूजाको शुभकामना


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०८:१५

राष्ट्रपति भण्डारीद्वारा सरस्वती पूजाको शुभकामना

काठमाण्डौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकि छन् । आज परेको श्रीपञ्चीको अवसरमा उनले शुभकामना सन्देशमार्फत पर्वको शुभकामना दिएकि हुन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गर्दछु उनले भनेकि छन् ।    

राष्ट्रपति भण्डारीका अनुसार आजको दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको सन्देशमा चर्चा गरेकि छन् । पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवर्धनका साथै साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गरेकि छन् ।  शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी आज देशभर मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति भण्डारीद्वारा सरस्वती पूजाको शुभकामना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend