असोज ३० गते २०८३ || October 16, 2026

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०४:५१

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

भरतपुर - शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका हुन्। मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।  सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। “निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन”, मन्त्री पाण्डेले भने, “समस्या परेको खण्डमा सिधैँ हामीलाई भन्नुहोला ।” 

उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिएका थिए। सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए ।


  • सम्बन्धित विषय:

  • # समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend