असोज ३० गते २०८३ || October 16, 2026

अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला  


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९११:४८

अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला  

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस आरआर अगाडि उनीहरूले शिक्षामन्त्री खनालको पुत्ला जलाएका हुन्। निजीलाई पोसेको, गरिब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउँदै अनेरास्ववियूले पुत्ला जलाएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियूको आरोप छ। जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियूको भनाई छ। शिक्षा मन्त्रालयले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिने निर्णय गरेको थियो ।  


  • सम्बन्धित विषय:

  • # अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend