असोज ३० गते २०८३ || October 16, 2026

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९११:५६

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

दाङ - दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ ।   त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । 

 “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उनले भने । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ ।


  • सम्बन्धित विषय:

  • # टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend