असोज ३० गते २०८३ || October 16, 2026

सुपारमाई हाइड्रोको आईपीओ माघ २३ गते खुल्ने


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९१२:३५

सुपारमाई हाइड्रोको आईपीओ माघ २३ गते खुल्ने

काठमाडौँ - सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आईपीओ०का बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ। साथै बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुपारमाई हाइड्रोको आईपीओ माघ २३ गते खुल्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend