असोज ३० गते २०८३ || October 16, 2026

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०२:०३

गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश

काठमाण्डौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको हो । 

आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने भन्नेबारे छलफल भइरहेको छ । अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन् ।


  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend