असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने 


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०४:३९

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने 

 काठमाण्डौँ - राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारको बैठकमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् । 

संसद् सचिवालयका महासचिव भरत गौतमलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिइएको छ। ‘माघ २३ गते दिनको ११ः५९ बजे बस्ने बैठकले उपाध्यक्ष निर्वाचित गर्नेछ,’ निर्देशनमा भनिएको छ । राष्ट्रिय सभा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। यसअघि पनि उक्त पार्टीकै उपाध्यक्ष थिइन् ।
 


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend