असोज ३० गते २०८३ || October 16, 2026

निर्मला कुर्मी प्रकरण : एक महिना धर्नापछि अनशन बस्ने तयारी


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९०७:१२

निर्मला कुर्मी प्रकरण : एक महिना धर्नापछि अनशन बस्ने तयारी

 काठमाण्डौँ -  निर्मला कुर्मीलाई न्याय माग गर्दै अधिकारकर्मीसहित आफन्तले माइतीघरमा धर्ना थालेको शुक्रबार ३० दिन पुगेको छ । बाँकेकी अधिकारकर्मी रुबी खानसहित कुर्मीका परिवार हरेक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म माइतीघर मण्डलामा धर्नामा बस्ने गरेका छन् । धर्ना शुरु गर्नुअघि उनीहरू हरेक दिन बिहान कलंकीबाट लाल्टिन बालेर न्यायको माग गर्दै माइतीघर आउने गरेका छन् ।

निर्मला कुर्मीको सम्पत्ति हडपेर हत्या गर्दा समेत सरकार संवेदनशील नभएको भन्दै अधिकारकर्मी खानले न्यायीक आयोग गठन नगरेसम्म आफूहरू पछि नहट्ने चेतावनी दिएकी छन् । सरकारलाई आयोग गठनका लागि दिएको अल्टिमेटम आज सकिँदैछ । आज अपराह्न साढे ४ बजेसम्म सरकारले हत्या छानबिनका लागि आयोग गठन नगरे आमरण अनशन थालिने अधिकारकर्मी खानले जानकारी दिइन् ।


  • सम्बन्धित विषय:

  • # निर्मला कुर्मी प्रकरण : एक महिना धर्नापछि अनशन बस्ने तयारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend