असोज ३० गते २०८३ || October 16, 2026

नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने 


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९११:१९

नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने 

काठमाडौँ - नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि काठमाडौंका केही स्थानमा फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको हो । यसअन्तर्गत भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने बताइएको छ ।

फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले सुनाए । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण यसअघि नै सम्पन्न गरिसकेको छ । परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend