असोज ३० गते २०८३ || October 16, 2026

स्व. प्रेम आचार्यको आर्यघाटमा अन्त्येष्टि


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९१२:१२

स्व. प्रेम आचार्यको आर्यघाटमा अन्त्येष्टि

 काठमाडौँ - सङ्घीय अगाडि आत्मदाह गरेका प्रेम आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको परिवारले आर्यघाटमा पनि १० बुँदे मागहरू सम्बोधन हुनुपर्ने बताइरहेका थिए । अन्त्येष्टिका क्रममा उनका शुभेच्छुक, जिल्लावासीहरूको बाक्लो उपस्थिति रहेको थियो । सरकारले माग पुरा गर्ने आश्वासन दिएसँगै परिवारले स्व। प्रेम प्रसाद आचार्यको शव बुझेका थिए । 

शव बुझेपछि उनको अन्त्येष्टिका लागि आर्यघाट लगिएको थियो । उनको परिवारलाई सहयोगका निम्ति देश विदेशमा अर्थ सङ्कलन भइरहेको छ। उक्त सङ्कलित रकम स्व आचार्यको श्रीमतीको खातामा पठाउन  आव्हान गरिएको छ। 


  • सम्बन्धित विषय:

  • # स्व। प्रेम आचार्यको आर्यघाटमा अन्त्येष्टि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend