असोज ३० गते २०८३ || October 16, 2026

'जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ' : सेना


पिपल अनलाइन
शनिबार, माघ १४ २०७९०१:२६

'जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ' : सेना

पोखरा - यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको  नेपाली सेनाले जनाएको छ ।

    काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अजै भेटिनुभएको छैन । सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो । विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिएका थिए । 


  • सम्बन्धित विषय:

  • # प्रेस सङ्गठनले सुदूरपश्चिम र कर्णालीको भेला फागुनमा गर्ने
  • # 'जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ' : सेना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend