असोज ३० गते २०८३ || October 16, 2026

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


शनिबार, माघ १४ २०७९०३:१२

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौँ - अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टी प्रवेश गराएकी हुन् । उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमले बताएकी छन् ।

‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशको लागि प्रस्ताव आएका थिए। तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकोले नै मैले यो दल रोजेको छु। आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो,’ उनले भनिन् । पार्टीलाई अरू दलभन्दा फरक रूपमा उभ्याउने उनले बताएकी छन् ।


  • सम्बन्धित विषय:

  • # अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend