कात्तिक १ गते २०८३ || October 17, 2026

स्थानीयतह निर्वाचन लागि मतपत्र कति छापियो ?


बुधबार, वैशाख २१ २०७९१२:४९

स्थानीयतह निर्वाचन लागि मतपत्र कति छापियो ?

काठमाडोँ - यहि वैशाख ३० गते हुने स्थानीयतह निर्वाचन लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको  निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो ।

लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको आयोगका उपसचिव ऋषिराम भुषालले बताए । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने उपसचिव भुषालले जानकारी दिए । आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, वाग्मती प्रदेशको चितवन र प्रदेश एकको मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी छ । पर्सि शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

यस्तै, आयोगले निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।


  • सम्बन्धित विषय:

  • # मतपत्र
  • # निर्वाचन आयोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend