असोज ३० गते २०८३ || October 16, 2026

विज्ञहरु भन्छन्-'निजगढ विमानस्थलको विकल्प छैन'


आइतबार, माघ १५ २०७९०५:०६

विज्ञहरु भन्छन्-'निजगढ विमानस्थलको विकल्प छैन'

काठमाडौँ - हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउँछन् । उनले भने, “अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नैपर्छ ।” गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका थिए। उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पारेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गरेका थिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गरे । सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनःचर्चाको विषय बनेको हो ।


  • सम्बन्धित विषय:

  • # विज्ञहरु भन्छन्-'निजगढ विमानस्थलको विकल्प छैन'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend