काठमाडौँ - रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ति गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन् । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले लामिछानेले नागरिकता लिएको पुष्टि गरे ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । अब उनी राजनितिक दलको सभापति हुन र अन्य सबै सरकारी कामका लागि योग्य भएका छन् ।