असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष : 'गृह मन्त्रालय हाम्रै हुनुपर्छ' 


पिपल अनलाइन
आइतबार, माघ १५ २०७९०५:५५

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष : 'गृह मन्त्रालय हाम्रै हुनुपर्छ' 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ।  आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो । 

यद्यपि, बैठकले लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले गृहमन्त्रीमा पार्टीको दाबी स्वभाविक भएको बताए । तर, सो मन्त्रालय फेरि पाउने अवस्था बने को जाने भन्नेबारे भने तय नभएको बताए । आजै लामिछानले नागरिकता पाएसँगै पार्टीसभापतिमा पुनर्बहाली गरेका थिए । तर उनको सांसद पद गएपछि दलको नेतामा भने डोलप्रसाद अर्याल छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कर्ष : 'गृह मन्त्रालय हाम्रै हुनुपर्छ'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend