असोज ३० गते २०८३ || October 16, 2026

'समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ' :  राष्ट्रपति


सोमबार, माघ १६ २०७९०७:०८

'समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ' :  राष्ट्रपति

 काठमाण्डौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । 

सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति‚ सुशासन‚ विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # 'समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्त रूप दिन आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ' :  राष्ट्रपति


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend