असोज ३० गते २०८३ || October 16, 2026

धनुषामा हिरासतबाटै भागे ६ जना अभियुक्त


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९०८:४७

धनुषामा हिरासतबाटै भागे ६ जना अभियुक्त

 काठमाण्डौँ - धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् । गएराति हिरासत तोडेर ६ अभियुक्त फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार फरार हुनेमा दुईजना हातहतियार, दुईजना लागुऔषध र दुईजना अन्य मुद्दामा हिरासतमा रहेकाहरू हुन् । उनीहरूको तीव्र खोजी भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # धनुषामा हिरासतबाटै भागे ६ जना अभियुक्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend