असोज ३० गते २०८३ || October 16, 2026

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने 


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९११:३८

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने 

काठमाडौँ - निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।  ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend