असोज ३० गते २०८३ || October 16, 2026

 देशका धेरै ठाउँको मौसम आंशिक बदली, पानी पर्ने सम्भावना कति ? 


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९१२:०७

 देशका धेरै ठाउँको मौसम आंशिक बदली, पानी पर्ने सम्भावना कति ? 

 काठमाण्डौँ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । हिजो दिनभर खुलेको काठमाण्डौ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित धेरै ठाउँमा बादल लागेको मौसमविद् बिनु महर्जनले जानकारी दिए । तर, बादल लागे पनि पानी पर्ने सम्भावना भने नरहेको बताए । 

केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परेको थियो । आज पनि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको अनुमान गरिए पनि पश्चिमी न्यून चापीय प्रणाली खासै सक्रिय नभएकाले सम्भावना कम छ ।


  • सम्बन्धित विषय:

  • # देशका धेरै ठाउँको मौसम आंशिक बदली, पानी पर्ने सम्भावना कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend