काठमाडौँ - सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेदवार रोमनराज गिरि 'अशोक' ले गाउँपालिकामा सात वटा वडामा सात जना लोकप्रिय उम्मेदवार उठाएर आफु चुनावी मैदानमा उत्रेको बताएका छन् । नेता गिरि नेकपा एमालेको तर्फबाट सुनकोशी गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेदवार हुन् ।
युवा, विद्यार्थी, महिला लगायत सम्पूर्ण संगठनहरु एक मतमा, एक रुपतामा पार्टीलाई जिताउँने अभियानमा लागेको उम्मेदवार गिरीले बताएका छन् । पछिल्लो समय पार्टीप्रति थुप्रैको आकर्षण रहेकाले जित्ने मुख्य आधारहरु रहेको बताए | वर्तमान समाजमा भएका वेरोजगारी, किसानहरुको समस्या, शोषित, पिडितहरुको समस्यालाई समाधान गर्ने मुख्य एजेन्डा रहेको उम्मेदवार गिरीले जानकारी दिए ।
एक संचारमाध्यममा कुरा गर्दै उम्मेदवार गिरीले सुनकोशी गाउँपालिकामा सुहाउँदो खालको नीति ल्याउने, स्वस्थ पिउने पानी, विद्युत, र सडक निर्माणमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् | आफ्ना जनता कुनै पनि किसिमको समस्या लिएर कार्यालय धाउनुनपर्ने बताए।
विगतको निर्वाचनमा एमाले जनताको लोकप्रिय तथा सशक्त पार्टी रहेको थियो तर विगतमा माओवादी केन्द्रले अलिकति जालझेल, तथा केही स्थानमा फर्जी मतको प्रयोग, बुथ नै आफ्नो पक्षमा राख्ने प्रयासहरु गरेको आरोप लगाए । स्वार्थको लागि राजनितिमा नआएको उनले प्रस्ट पारे ।
नेकपा एमाले कम्युनिष्ट भएकाले बर्गिय, जातिय समस्याको अन्त्य गर्ने, गास, वास, र कपासको लागि संधै जनहितमा काम गर्ने बताए । साथै चुनावी परिणाम जस्तो भएपनि सदैव जनताको हित र रक्षाको लागि लड्ने उम्मेदवार अशोक गिरीको भनाई छ।