असोज ३० गते २०८३ || October 16, 2026

'षड्यन्त्र र धोकाको राजनीतिले देश अकल्पनीय दुर्घटनामा जान्छ' : गोकुल बाँस्कोटा


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९०१:३९

'षड्यन्त्र र धोकाको राजनीतिले देश अकल्पनीय दुर्घटनामा जान्छ' : गोकुल बाँस्कोटा

 विराटनगर - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धोकाधोकी राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् । विराटनगरमा नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले धोकाधोकी राजनीतिको बारेमा सोच्नै नहुने बताएका हुन् ।

उनले नेकपा एमाले र माओवादीका बिच सत्ता समीकरण बनाउने क्रममा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भए अनुसार नै अहिलेको समीकरण अघि बढ्ने बताए । ‘सधैँ षड्यन्त्र र घोकाधडीको राजनीति गरेर हुँदैन, उनले भने, यसले नागरिकमा वितृष्णा उत्पन्न भई देश अकल्पनीय दुर्घटनामा पनि जानसक्छ ।’

उनले आगामी फागुन २८ गते भित्र राष्ट्रपति देशले पाउनै पर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै त्यो मितिसम्ममा राष्ट्रपतिको निर्वाचन हुने बताए । ‘त्यो मितिमा राष्ट्रपतिको निर्वाचन हुँदैन की भनेर शंका गर्ने र कसैलाई उत्तेजित गर्नु पर्दैन, उनले भने, एमाले घात प्रतिघातको राजनीतिमा विश्वास गर्दैन ।’ कसैले घात प्रतिघात ग¥यो भनेँ त्यसको भोलि मूल्याङ्कन हुने बताए । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend