कात्तिक १ गते २०८३ || October 17, 2026

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने


मंगलबार, माघ १७ २०७९०७:१०

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

काठमाडौँ - माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलबार बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुदाँ देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend