असोज ३० गते २०८३ || October 16, 2026

परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने 


मंगलबार, माघ १७ २०७९०७:१४

परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने 

 काठमाडौँ - परराष्ट्र मन्त्री डा। बिमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल बिहीबार श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भ्रमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ । 

मंगलबारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक संकटले टाट परेपछि बौतरिने क्रममा श्रीलंकाले यो विशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् ।


  • सम्बन्धित विषय:

  • # परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend