असोज ३० गते २०८३ || October 16, 2026

बुवाआमाको कुटाइबाट बालकको मृत्यु


पिपल अनलाइन
मंगलबार, माघ १७ २०७९०७:२६

बुवाआमाको कुटाइबाट बालकको मृत्यु

काठमाण्डौँ - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेका छन् । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई हाल बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाले तीन वर्षीय छोरा विमल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार तिलकराम विमलका बाबु र उर्मिला सौतेनी आमा हुन् । तिलकराम र उर्मिलाको कुटपिटपछि विमलको माघ १३ गते मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । 


  • सम्बन्धित विषय:

  • # बुवाआमाको कुटाइबाट बालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend