असोज ३० गते २०८३ || October 16, 2026

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने


मंगलबार, माघ १७ २०७९११:२३

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने

काठमाण्डौँ - प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई पनि हुने व्यवस्था राखेर नियमावली संशोधन गर्न सहमति जुटेको छ ।

प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ । संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको सभामुखको अनुपस्थितीमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ भनिएको छ ।

तर, प्रतिनिधिसभाको नियमावलीमा उपसभामुखलाई बैठकको प्रारम्भ र स्थगत गर्न पाउने व्यवस्था राखिएको थिएन। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा सभामुखले प्रत्येका बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ भनिएको छ।


  • सम्बन्धित विषय:

  • # उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend