असोज ३० गते २०८३ || October 16, 2026

सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै


शुक्रबार, वैशाख २३ २०७९१२:३०

सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै

काठमाडौँ  - स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै छ । बिहिबार  भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । हिजो भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार रहेका छन्।  


  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend