असोज ३० गते २०८३ || October 16, 2026

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने माओवादी निर्णय


मंगलबार, माघ १७ २०७९०४:४६

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने माओवादी निर्णय

 काठमाडौँ - नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसमम गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले भने, “फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ ।”

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने बताए । “राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्छौँ,” उनले भने,“एमालेसहितको सहमति कायम हुन सक्नेछ ।” उता राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयमा आफ्नो दाबी छोडेको छैन् । गृह नपाए सरकार छाड्ने चेतावनी दिइसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने माओवादी निर्णय


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend