काठमाडौँ - गोकर्णेश्वर नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका सुदिप पण्डित यतिबेला घरदैलो कार्यक्रममा व्यस्त भएका छन् | आफ्नो वडामा के-कस्ता समस्या छन्, कसरी विकास निर्माणका कार्यलाई अगाडि बढाउने भन्ने हेतुले उम्मेदवार पण्डित घरदैलो कार्यक्रममा लागेका हुन् |
काठमाडौँको मुटु गोकर्णेश्वर नगरपालिका २ लाई राम्रो काम गरेर देखाउने उम्मेदवार पण्डितले बताएका छन् | शिक्षा, स्वास्थ्य लगाएतका विकासका अवधारणा बोकेर चुनावमा लागेको उनको भनाई छ |
विगतका ५ वर्षले धेरै कुरा सिकाएको उम्मेदवार पण्डितले प्रस्ट पारे | अब आफु निर्वाचित भएपछी सिंगो वडालाई देशकै नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन् |
हाम्रो टीमले उम्मेदवार सुदिप पण्डितसंग गरेको विशेष कुराकानी...