असोज ३० गते २०८३ || October 16, 2026

कैलालीका दुई जनामा पनि देखियो दादुरा !


पिपल अनलाइन
बुधबार, माघ १८ २०७९१२:४७

कैलालीका दुई जनामा पनि देखियो दादुरा !

 काठमाडौँ - कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो । दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए ।

शाखा प्रमुख जोशीका अनुसार बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ । 
वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको छ । 


  • सम्बन्धित विषय:

  • # कैलालीका दुई जनामा पनि देखियो दादुरा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend