असोज ३० गते २०८३ || October 16, 2026

सांसदको अभिमुखीकरण तालिम कार्यक्रम आज दोस्रो दिन 


शुक्रबार, माघ २० २०७९०७:०७

सांसदको अभिमुखीकरण तालिम कार्यक्रम आज दोस्रो दिन 

काठमाडौँ - प्रतिनिधि सभा सदस्यका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।

प्रतिनिधि सभामा विजयी भएका सांसद के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ । जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए ।


  • सम्बन्धित विषय:

  • # सांसदको अभिमुखीकरण तालिम कार्यक्रम आज दोस्रो दिन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend