कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी स्थायी कमिटी बैठक बस्दै


शुक्रबार, माघ २० २०७९०७:१०

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ - सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । बिहीबार अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पनि बैठक बोलाइएको हो ।


  • सम्बन्धित विषय:

  • # माओवादी स्थायी कमिटी बैठक बस्दै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend