कात्तिक १ गते २०८३ || October 17, 2026

मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको आह्वान


आइतबार, वैशाख २५ २०७९१०:४६

मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको आह्वान

पोखरा - पाँच दलीय गठबन्धनका शीर्ष नेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन्, ‘‘देशमा विभिन्न परिवर्तन भए, ती सबै गठबन्धनकै एकतामा सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस् ।’’ 

दुई पटकसम्म संसद विघटन गरेर संविधान र लोकतन्त्र मास्न खोजेका कारण नै अहिलेको गठबन्धन बनेको र तीन तहको चुनावसम्म यो एकता कायम राख्न आह्वानसमेत गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनाव सन्दर्भमा पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए।

उनले मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गरे। केपी शर्मा ओलीको शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै प्रधानमन्त्री देउवाले इमानदारितापूर्वक मतदान गर्नसमेत आग्रह  गरे। ‘‘प्रजातन्त्रको खिलाप र गणतन्त्रको विरोधमा लाग्नेविरुद्ध गठबन्धन आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भने। 

  


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # प्रधानमन्त्री
  • # अध्यक्ष प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend