असोज ३० गते २०८३ || October 16, 2026

'गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं' : बाबुराम भट्टराई


शुक्रबार, माघ २० २०७९११:३३

'गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं' : बाबुराम भट्टराई

 काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा जोड दिएका छन् ।
सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं, यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं ’


  • सम्बन्धित विषय:

  • # 'गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं' : बाबुराम भट्टराई


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend