असोज ३० गते २०८३ || October 16, 2026

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित


शुक्रबार, माघ २० २०७९०२:१६

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाण्डौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताका कारण बैठक सारिएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । १२ माघदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै र सर्दै आएको छ । 


  • सम्बन्धित विषय:

  • # सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि स्थगित


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend