घोराही - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता अनुसार नै भएको बताएको छ। गठबन्धनको आयोजना तुलसीपुरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगनमलाई परास्त गर्नका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएको हो।
उनले शान्ति स्थापनादेखि अहिलेसम्म नेपाली कांग्रेससँग मित्रवत सम्बन्ध कायमै रहेको भन्दै अब प्राप्त उपलब्धिको रक्षाका लागि समेत गठबन्धनकामार्फत् अघि बढेको बताए । ‘‘नेपाली कांग्रेस र माओवादीको सम्बन्धन अहिलेको होइन। शान्ति स्थापनादेखि नै हुँदै आएको छ’’, उनले भने, ‘‘यो सम्बन्ध अझै धेरै वर्ष हुनसक्छ। त्यसका लागि तपाईहरुले पनि निर्वाचनमा मतदान गरेर साथ दिनु आवश्यक छ।’
प्रचन्डले उपमहानगरपालिकामा मात्रै नभई १९ वटै वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि कार्यकर्ता, मतदातालाई आग्रह गरे। फरक प्रसङ्गमा उहाँले रेणु दाहाल आफ्नी छोरीलाई चितवनमा विजयी नबनाए देश दुर्घटनामा जाने भन्ने कुरा अतिरञ्जना गरिएको प्रस्ट पारे । पाँच दलीय गठबन्धनले आइतबार घोराही र तुलसीपुरका दुई ठाउँमा चुनावी सभा आयोजना गरेको थियो।