कात्तिक १ गते २०८३ || October 17, 2026

'सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको नजिक छन्' : प्रधानमन्त्री प्रचण्ड


शनिबार, माघ २१ २०७९०३:२३

'सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको नजिक छन्' : प्रधानमन्त्री प्रचण्ड

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौं । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ। यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।’


  • सम्बन्धित विषय:

  • # 'सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको नजिक छन्' : प्रधानमन्त्री प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend