असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेठ ३ गतेका लागि संसद्‍ अधिवेशन आह्वान


आइतबार, वैशाख २५ २०७९११:३८

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेठ ३ गतेका लागि संसद्‍ अधिवेशन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। 

आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गरेकी हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसद्‍को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।  


  • सम्बन्धित विषय:

  • # विद्यादेवी भण्डारी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend