असोज ३० गते २०८३ || October 16, 2026

केपी ओलीद्वारा गठबन्धनलाई स्वार्थी र अवसरवादीको संज्ञा


सोमबार, वैशाख २६ २०७९१०:०१

केपी ओलीद्वारा गठबन्धनलाई स्वार्थी र अवसरवादीको संज्ञा

काठमाडौँ  - पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई स्वार्थी र अवसरवादीको संज्ञा दिएका छन् ।

पोखराको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा भएका धेरै नेताहरु केवल मन्त्री पदको लोभले मात्र गठबन्धनमा बसिरहेको बताए । साथै गठबन्धनका नेताहरुलाई देशको चिन्ता नभई केवल आफ्नो छोराछोरी, श्रीमतीको मात्रै चिन्ता भएको बताए ।

यस्तै, देश बनाउने चिन्ता केवल एमालेलाई मात्र भएकोले आगामी चुनाव एमालेले नै जीत्ने दावी समेत ओलीले गरे ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend