असोज ३० गते २०८३ || October 16, 2026

बेलौरीमा काँग्रेसका नेता सहित बिभिन्न दलका नेता माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत


सोमबार, वैशाख २६ २०७९११:५३

बेलौरीमा काँग्रेसका नेता सहित बिभिन्न दलका नेता माओवादी केन्द्र प्रवेश,  प्रचण्डले गरे स्वागत

बेलौरी - गरेका छन । सोमबार कञ्चनपुरको बेलौरीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त चुनावी जनसभामा काँग्रेस, एमाले, विप्लव, जसपा सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

नेपाली काँग्रेस बेलौरीका पुर्व नगर सभापति एव प्रदेश सभा १(ख)का उम्मेदवार रामलाल राना, नेकपा एमाले प्रदेश कमिटि सदस्य गोपाल काफ्ले, नारद सिह राना, नारदमुनी राना, गुरुदयाल राना, नेकपा विप्लवका बिन्दीराम चौधरी, काँग्रेसका प्यारेलाल राना, जसपाका सुनिल विक, लक्ष्मी सुनार, राजमोका लाल बहादुर चौधरी सहित सयौँ नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन ।

माओवादी प्रवेस गर्नेहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), प्रदेश अध्यक्ष हरिलाल चौधरी, केन्द्रीय सदस्य बिना मगर, टेकेन्द्र प्रशाद भट्ट, देवीलाल चौधरी लोकेन्द्र लम्साल, दिपा चौधरी सहितका नेताहरुले स्वागत गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend