असोज २९ गते २०८३ || October 15, 2026

शिक्षकमाथि कुटपिट गरेको आरोपमा उम्मेदवार लोकेन्द्र राना (सितल) पक्राउ


मंगलबार, वैशाख २७ २०७९०७:५९

शिक्षकमाथि कुटपिट गरेको आरोपमा उम्मेदवार लोकेन्द्र राना (सितल) पक्राउ

बैतडी - बैतडीमा एक शिक्षकमाथि कुटपिट गरेको आरोपमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोकेन्द्र राना (सितल) पक्राउ परेका छन्। पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा जिल्लाको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार रहेका राना समातिएका हुन्। 

प्रहरीका अनुसार राना  र उनका कार्यकर्ताहरुले प्राध्यापक डिलासैनी ५ का रामदत्त जोशीमाथि कुटपिट गरेका थिए। प्उनलाई स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै कुटपिट गरिएको बताइएको छ। जोशीको खुट्टामा चोट लागेको छ। पालिका अध्यक्षका उम्मेदवार राना माओवादीका नेता हुन्।

डिलाशैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ। यस्तै प्रहरीले उक्त घटनाबारे दुवै पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जनाएको छ।


  • सम्बन्धित विषय:

  • # पक्राउ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend