असोज ३० गते २०८३ || October 16, 2026

'रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो' : गोकुल बास्कोटा


सोमबार, माघ २३ २०७९०१:५७

'रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो' : गोकुल बास्कोटा

काठमाडौँ - नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । 

आज बिहान समाजिक सञ्जालमा लेख्दै उनले रविले निस्फिक्री बालेको टिप्पणी गरेका हुन् । 

हिजो सत्रकार सम्मेलनमा रविले दिएको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताए ।  ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले भनेका छन् ।  

पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिँदै नेपाली मिडियाको गलत रवैयाविरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए । 


  • सम्बन्धित विषय:

  • # 'रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो' : गोकुल बास्कोटा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend