कात्तिक १ गते २०८३ || October 17, 2026

"काङ्ग्रेस सरकारमा जाँदैन" : शेखर कोइराला


सोमबार, माघ २३ २०७९०४:४३

"काङ्ग्रेस सरकारमा जाँदैन" : शेखर कोइराला

 चितवन - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ । ”

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए। 


  • सम्बन्धित विषय:

  • # "काङ्ग्रेस सरकारमा जाँदैन" : शेखर कोइराला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend